नारायणकाजी ‘प्रचण्ड’को एउटै कार्यकालमा तीन–तीन मन्त्रालयमा सरूवा

नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन्।

पुराना मन्त्रीमध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयबाट सरूवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटै कार्यकालमा श्रेष्ठले तीन–तीन मन्त्रालयको जिम्मेवारी पाएका छन्। जसअनुसार सुरूमा एमाले र माओवादीको गठबन्धन हुदाँ उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो। त्यसमा उनी भौतिकबाट सरूवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे। 

अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुदाँ श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन्। उनले आजै परराष्ट मन्त्रीको हैसियतमा सपथ ग्रहण गर्दैछन्। 

साथै, माओवादीले सबै मन्त्रीहरूलाइ दोहोरयाउँदै पर्यटन मन्त्री सुदन किराँती भने योपटक आउट हुने एक्ला मन्त्री भएका छन्। उनले सम्भवतः नदोहरिने संकेत पाएर हुन सक्छ हिजो नै पुल्चोकस्थित मन्त्री क्वाटरबाट झिटीझाम्टा लिएर बाहिरएका थिए। किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आउने सम्भावना देखिएको छ। 

तर, यसअघि कांग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन्। जसअनुसार श्रेष्ठसहित सुचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहरिएका छन्।

प्रकाशित मिति: : 2024-03-06 15:51:00

प्रतिकृया दिनुहोस्