रास्वपाबाट शिक्षामन्त्री बन्दै सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएकी छन्।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको नयाँ गठबन्धनद्वारा गठित कार्यदल बैठकमा रास्वपालाई चार मन्त्रालय दिने निर्णय भएकाे थियाे। साेहीअनुसार रास्वपाले शिक्षा मन्त्रालयमा श्रेष्ठलाई पठाउने निर्णय गरेकाे महामन्त्री मुकुल ढकालले बताए।

उनी रास्वपाकाे समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन्। काठमाडाैँमा जन्मिएर अमेरिकामा पढेकी उनीसँग विभिन्न निकायहरुमा रहेर काम गरेकाे अनुभव छ।

२०७२ सालमा गएकाे महाभूकम्पमा स्वयंसेवककाे रुपमा नेपाल फर्किएकी उनी त्यसयता सामाजिक कार्यमा सक्रिय थिइन्।

भने, सांसद बनेपछि उनले संसदमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएकी थिइन्।

नेपाली राजनीतिमा माैलाउँदाे गठबन्धनकाे राजनीतिबाट वाक्क भएर त्यसलाई चिर्न राजनीतिमा प्रवेश गरेकाे बताउने उनी अन्तत: गठबन्धन सरकारकै मन्त्री बन्ने भएकी छन्।

प्रकाशित मिति: : 2024-03-06 13:35:00

प्रतिकृया दिनुहोस्