मन्त्रालय बाँड्दै ४ नेता, गृहमा रविकै अडान

File Photo
File Photo

नयाँ सत्ता गठबन्धनभित्र मन्त्रालय बाँडफाँट गर्ने जिम्मेवारीसहित ४ दलका शीर्ष ४ नेता सदस्य रहनेगरी कार्यदल बनाइएको छ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल संयोजक रहेको कार्यदलमा माओवादी उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको निर्देशनमा कार्यदल रहेका नेताहरूले आ–आफ्नो दलको हैसियतअनुसार मन्त्रालय बाँडफाँड गर्ने छन्।

एमालेनिकट स्रोतकाअनुसार अर्थ मन्त्रालयमा एमाले र माओवादीबीच रस्साकस्सी र गृह मन्त्रालयमा एमाले र रास्वपाबीच रस्साकस्सी चलिरहेको छ।

रास्वपाका एक नेताले बताएअनुसार सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको लाइनमा छन्। र, उनी गृह मन्त्रालय आफ्नो भागमा पार्ने अडानमै छन्।
 

प्रकाशित मिति: : 2024-03-04 14:30:00

प्रतिकृया दिनुहोस्