काँग्रेस-माओवादी गठबन्धन भत्कियो, एमाले सरकारमा प्रवेश

फाइल तस्विर
फाइल तस्विर

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससहितको गठबन्धन भत्किएको छ।

संक्रमणकालीन न्याय तथा राष्ट्रियसभा अध्यक्षको विषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भएपछि कांग्रेससँगको गठबन्धन भत्किएको हो।

एमाले सचिवालय बैठकपछि सो बारेमा औपचारिक जानकारी आएको हो।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद् बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठकपछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।

एमालेकाे नेतृत्व गर्दै पदम गिरी सरकारमा जाने भएका छन्।

याे सँगै राजनीतिक काेर्स लगभग पुस १० मै फर्किएकाे छ। गत वर्षकाे पुस १० मा पनि माओवादी-एमालेसहितकाे गठबन्धन सरकार बनेकाे थियाे। राष्ट्रपतीय निर्वाचनकाे विवादपछि एमाले सत्ताबाट बाहिरिएर काँग्रेस सरकारमा प्रवेश गरेकाे थियाे। यद्यपि, विभिन्न असहमतिपछि प्रतिपक्षमा पुगेकाे छ।

पछिल्लाे समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काँग्रेससँग असन्तुष्ट थिए। काँग्रेसले काेशीकाे मुख्यमन्त्रीकाे निर्वाचनदेखि राष्ट्रियसभा चुनावसम्म गठबन्धन (माओवादी)माथि बैमानी गर्दै आइरहेकाे थियाे।

यही अविश्वासका कारण संघीय संसदकाे पहिलाे दल नेपाली काँग्रेस सत्ताबाट बाहिरिन पुगेकाे छ।              

अपडेटेट न्युज

प्रकाशित मिति: : 2024-03-04 09:27:00

प्रतिकृया दिनुहोस्