गर्मिलाे राजनीतिक परिस्थिति सम्हाल्ने र सबै निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले राजनीतिक परिस्थितिको सबै निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।

आइतबार बिहान हात्तीगौँडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराएकाे र त्यसका बारेमा छलफल गरिएको उपसभापति डिपी अर्यालले जानकारी दिए।

उनले भने, ‘बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिन निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्‍यो।’

प्रकाशित मिति: : 2024-03-04 09:14:00

प्रतिकृया दिनुहोस्