माओवादी सचिवालय बैठक जारी

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक बसिरहेको छ।

समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाइएकाे जनाइएकाे छ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन्।

यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्।

उनीहरू बालुवाटार पुगे पनि गठबन्धन बैठक भने बस्ने, नबस्ने टुंगो नलागेको एक नेताले बताए।

प्रकाशित मिति: : 2024-03-04 08:54:00

प्रतिकृया दिनुहोस्