सत्तारूढ गठबन्धनको बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। आज (साेमबार) विहान ८ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेकाे हाे।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको छ।

हिजोमात्रै प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुईपटक भेटवार्ता गरेका थिए। सो भेटवार्तापछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ।

ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ-नयाँ कुरा गरिरहेको बेला यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: : 2024-03-04 07:11:00

प्रतिकृया दिनुहोस्