नेदरल्याण्ड्समाथि नेपालकाे सहज जित

आइसिसी टि- २० सिरिज अन्तर्गतकाे खेलमा नेपालले नेदरल्याण्ड्समाथि सहज जित हात परेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्याण्ड्समाथि नेपालले ६ विकेटकाे जित निकालेकाे हाे। नेदरल्याण्ड्सले दिएकाे १२१ रनकाे लक्ष्य नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍याे।

नेपालकाे जितमा कप्तान राेहितकुमार पाैडेलले ४६ तथा गुल्सन झाले ३८ रन बनाए।

त्यसअघि ओपनर कुशल भुर्तेल १२ र आशिफ शेख ८ रन बनाएर आउट भएका थिए।

भने, दीपेन्द्रसिंह ऐरी ४ तथा कुशल मल्ल २ रन बनाएर अविजित रहे।

नेदरल्याण्ड्सका भिभियन किङ्माले एक्लै ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेदरल्याण्ड्सले १९.३ ओभरमा १२० रन बनाएर अलआउट भएकाे थियाे।

नेदरल्याण्डका ओपनर मिचेल लेभिट ४ तथा स्याब्राण्ड इङ्गेलब्रेच्ट ० रन बनाएर पहिलाे ओभरमै करण केसीबाट आउट भएका थिए।

त्यस्तै ओपनर म्याक्स ओ डह्ड ३१ रन बनाएर आउट भए।

त्यस्तै स्कट इट्वाडर्स १८, टिम भ्यान डेर गगटेन २४, राेएलाेफ भान डेर मेर्वे १८ रन बनाएर आउट भए।

नेदरल्याण्डका तीन जना ब्याटर शून्य रनमा आउट भए।

नेपालका करण केसी र कुशल मल्लले २-२ तथा प्रतिस जिसीले ३ विकेट लिए।

याे जितसँगै नेपालले प्रतियाेगितामा ४ खेलमा २ जित निकाल्दै ४ अंक बटुलेकाे छ।

समान तीन-तीन खेल खेलेका नेदरल्याण्ड्सकाे ४ तथा नामिवियाकाे २ अंक रहेकाे छ।

अब हुने खेलमा नेदरल्याण्ड्सले नामिवियलाई पराजित गरे। नेपाल स्वत फाइनलमा पुग्नेछ। भने, नेदरल्याण्ड्समाथि नामिवियाले जित निकालेमा रनरेटकाे आधारमा फाइनल पुग्ने टाेलीकाे टुंगाे लाग्नेछ।

नेपालकाे रनरेट ०.२९३ रहेकाे छ भने एक खेल खेल्न बाँकी रहेकाे नामिवियाकाे रनरेट -०.७०० रहेकाे छ।

प्रकाशित मिति: : 2024-03-02 14:20:00

प्रतिकृया दिनुहोस्