कर्णाली प्रदेशस्तरीय फुटबल: सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा

कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जुम्लाले सुर्खेतलाई हराउँदै फाइनल यात्रा तय गरेको छ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट एक-एक गोल भएपछि पेनाल्टी सुटआउट हुँदा जुम्ला विजयी भएको हो।

जुम्लाका रुविन भण्डारीले सुरुमै गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा सुर्खेतका भरत नांगालले गोल गरेपछि खेल टाइब्रेकरमा गएको रेफ्री दिपक श्रेष्ठले बताए।

उनका अनुसार टाइब्रेकरमा दुबै टिमबाट पाँच-पाँच गोल हुँदा खेल सटअन डेथमा गएको थियो।

थप एक-एक खेलाडीलाई पुन: पेनाल्टी सुटआउटको अवसर दिइएपछि सुर्खेतका सुजन गुरुङले मिस पेनाल्टी हान्दा जुम्लाले फाइनल यात्रा तय गरेको थियो।

प्रकाशित मिति: : 2024-02-29 13:02:00

प्रतिकृया दिनुहोस्