बिएल संवाददाता
मोरङको मिक्लाजुङ–४ हात्तीमारा सिरानका २३ वर्षीय रोहित तामाङ फागुन ९ देखि एउटा रुखको टोड्कामा ध्यान गरेर बसिरहेका छन्।
घरबाट पूर्वोत्तरमा रहेको विशाल मैनाको रुखमुनि उनी ध्यानमग्न छन्। रुखको तल्लो भागमा आगो लागेर ठूलो टोड्को परेको छ। त्यही टोड्काभित्र गौतम बुद्धको तस्बिर राखेर उनी तपस्यामा छन्।
रोहितका साथी निशान राईका अनुसार शनिबार बिहान ६ बजे स्थानीय पुग्दा रोहित ध्यानमा थिए। उनी स्थिर रूपमा ध्यानमग्न भेटिका थिए।
घरमा भाइसँग बस्दै आएका रोहितकी आमाले दोस्रो विवाह गरेकी छिन् भने भने बाबु लोकबहादुर कान्छी श्रीमाती लिएर बसेका छन्।
अविवाहित रोहितले कक्षा १० सम्म अध्ययन गरेका छन्। रोहित गत माघ १० देखि एकाएक आफूलाई ‘आध्यात्म’मा लगाएको उनका भाइ लबिन तामाङले बताए। भाइ लबिनका अनुसार रोहितले माघ १० देखि आफन्त, साथीभाइ सबैलाई तपाईं भन्न थाले।

कोहीसँग ठट्टा नगर्ने, धेरै नबोल्ने, चाहिएको मात्र बोल्न थालेका उनले बौद्ध धर्मको अनुयायी बनेर २७ औँ धर्मकुण्डली सफाइ गर्ने भन्दै ध्यान सुरू गरेको भाइ लबिनले बताए।
स्थानीय छिमेकी र आफन्तसमेत उनको दिनचर्या परिवर्तन भएको देखेपछि चकित भएका छन्।
मिक्लाजुङ–४ का वडाध्यक्ष विशाल राईले रोहितको दिनचर्या एकाएक परिवर्तन भएपछि समाज नै चकित परेको बताए।
‘पहिले उनी औसत मानिसजस्तै नियमित काम गर्ने, खाने गर्थे। उनमा कुनै मानसिक समस्या थिएन। शुक्रबार बेलुकीपख मैनाको विशाल रुखका हाँगा-हाँगामा केही पनि नसमाइकन हिँडेको देखेपछि हामी पनि अचम्मित भएका छौँ। त्यो रुखमा चढ्न नै गाह्रो छ। चढेर हाँगा-हाँगामा हिँड्न झन् गाह्रो छ,’ उनले भने।

स्थानीयका अनुसार रोहितले फलफूलबाहेक केही खाएका छैनन्। रुखका हाँगा-हाँगामा कुदिरहँदा लड्लान् कि भन्ने चिन्ता थपिएको स्थानीय रेखा राईले बताइन्।


माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया