माओवादी स्थायी समिति बैठक सुरू, यस्ताे छ एजेण्डा

File Photo
File Photo

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।

यसअघि पटक पटक स्थगित हुँदै आएको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरू भएको हो।

बैठकमा पदाधिकारीसहित केन्द्रीय नेताहरूको कार्यविभाजन र आगामी मधेस जागरण अभियानलगायतमा छलफल हुनेछ।

यसैगरी बैठकमा समसामयिक राजनीतिक विषयमा, माओवादी रूपान्तरण अभियानमा सक्रिय नेताहरू र निष्क्रिय नेताहरूको मूल्याङ्कन तथा र हालै सम्पन्न विधान अधिवेशनले लिएका निर्णय कार्यान्वयनको विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: : 2024-02-27 10:34:00

प्रतिकृया दिनुहोस्