आगामी वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश

संसदमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश गरिएको छ।

सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन्।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी साेमबार संसद्मा पेश गरेको हो।

अर्थमन्त्री महतले आगामी बजेट दिगो एवम् समावेशी आर्थिक वृद्धिका लागि ऊर्जा, कृषि, पर्यटनतथा सूचना प्रविधिलगायतका आर्थिक वृद्धिमा उच्च योगदान दिन सक्ने क्षेत्रका लागि आवश्यक सार्वजनिक पूर्वाधार निर्माण गर्ने गरी सरकारी स्रोतको परिचालन गरिने बताएका छन्।

साथै उनले सार्वजनिक खर्चको विनियोजनमा कुशलता वृद्धि गरिनेसमेत उल्लेख गरेका छन्।

सामाजिक क्षेत्रमा लगानी र साधनको पुनर्वितरणका कार्यक्रममा स्रोतको उपलब्धताका आधारमा आवश्यक रकम विनियोजन गरिने उनकाे भनाइ छ। यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच र गुणस्तर सुधार गर्न रकम विनियोजन गरिने बताएका छन्।

प्रकाशित मिति: : 2024-02-26 13:42:00

प्रतिकृया दिनुहोस्