प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विवादमा परेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएका छन्।
साेमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटाले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने बताएका हुन्।
सार्वजनिक पदमा बस्नेहरूमाथि गम्भीर ढंगले प्रश्न उठेपछि पद छाेड्न केले राकेकाे छ भन्दै प्रश्नसमेत गरे। उनीहरूलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताए।
विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने अडान लिए।