थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
फागुन–११ गते २४ वर्षीया सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी थिइन्।
साेहीकारण उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।
दैलेख घर भई काँडाघारी बस्ने सिंहविरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ।