खानेदेखि पकाउने बोकेर राजधानी आइपुगे ‘मिटरब्याज पीडित’ (तस्बिहरू)

शनि शाक्य

काठमाडौं

सुदखोर (साहु)ले घरमा बस्न नदिएपछि मिटरब्याज पीडित न्याय खोज्दै पैदल काठमाडौँ आइपुगेका छन्। माघ १६ गते पूर्व–पश्चिमबाट पैदल हिडेका पीडितहरू शुत्रबार काठमाडौँ आइपुगेका हुन्।

उनीहरूले घरबाटै खाने ब्यवस्था गरेर आएका छन् भने साथमा पकाउने भाँडाहरू र दाउरासमेत गाडीमा लिएका छन्। मिटरब्याज पीडितहरू अब अन्तिम लडाइ रहेको र न्याय नपाएर घर नफर्किने बताइरहेका छन्। 

यसअघि पनि मिटरब्याज पीडितहरूले आन्दाेलन गरेपछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। 

तस्बिरहरू

प्रकाशित मिति: : 2024-02-23 15:41:00

प्रतिकृया दिनुहोस्