दुई समुदायबीच झडपकाे स्थिति देखिएपछि इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

रौतहटको इशनाथ नगरपालिकामा दुई समुदायबीच भएको विवाद उत्कर्षमा पुगेपछि पालिकाभर अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा फागुन ३ गते मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको थियो। सोही विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएपछि जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको छ।

दुई समुदायबीचको विवाद उत्कर्षमा पुग्ने देखिएकाले शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको छ।

कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न नपाइने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए। 

प्रकाशित मिति: : 2024-02-17 19:16:00

प्रतिकृया दिनुहोस्