वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

रामेछाप नगरपालिकाका कर्मचारीको खाना सर्केर मुत्यु भएको छ। 

वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो। 

रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७  सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए।

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो। खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो।

अस्पतालमा उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको जिल्ला अस्पतालका डा.केशव श्रेष्ठले बताए। 

साे घटनापश्चात बेहाेश भएका वडा नं ७ का वडाअध्यक्ष समीर कार्कीकाे भने अस्पतालमा उपचार भइरहेकाे छ। 

प्रकाशित मिति: : 2024-02-17 16:18:00

प्रतिकृया दिनुहोस्