बिएल संवाददाता
रामायण पुस्तक अब मैथली भाषामा पनि पढ्न पाइने भएको छ। पत्रकारसमेत रहेकी अर्चना झाले संस्कृतमा लेखिएको रामायणलाई मैलथीमा उल्था गरेकी छिन्।
अर्चनाले मैथली भाषामा निकालेको ‘अर्चनाकृत रामायण पुस्तक’को बुधबार विमोचन गरियो।
ललितपुरको गोदावारी नगरपालिकास्थित मामाधर आश्रममा एक कार्यक्रमकाबीच पूर्व–उपप्रधान, गृहमन्त्री तथा काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले पुस्तक विमोचन गरे।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका निधिले पुस्तक विमोचन गर्दै रामायण पुस्तक मिथिला क्षेत्रका लागि विशेष रहेको बताए।
रामायण पुस्तक ८ कणमा तयार पारिएको लेखिका झाले जानकारी दिइन्।
पुस्तक सम्पादन गरेका साहित्यकार विन ठाकुरले पुस्तक निकै सरल भाषमा लेखिएको भन्दै पढ्न सहज रहेको बताए।
उनले यसअघि विनय झाले मैथली भाषामा रामायण लेखेकाे भए पनि अर्चजनाले लेखेको पुस्तक गद्यमा स्थानीय भाषालाई समेट्दै लेखिएको भर पढ्न सहज भएकाे बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया