च्याउसरी राइड सेयरिङ कम्पनीः केहीले कमाउँदा धेरै टाट पल्टिए

क्यापिटल

काठमाडौं

७ वर्ष अघि २०१७ नेपालमा पहिलो राईड सेयरिङ सेवा ‘टुटल’ सञ्चालनमा आउदा सर्वसाधरणलाई यसको अवधारणा बुझाउनै मुस्किल थियो। 

सुरुआती चरणमा यूवा वर्गमा चर्चित बनेको राईड सेयरिङ सेवाले कानुनी उल्झन पनि राम्रै खेप्नु पर्यो। निजी नम्बर प्लेटको सवारी साधनले यात्रु बोक्न नपाउने यातायात व्यवस्था ऐनका कारण राइड सेयरिङ कम्पनी कहिले सरकारको त कहिले यातायात व्यवसायीको तारो बनिरहे। 

ट्याक्सीको ठगीका कारण दुख पाइरहेका नेपाली यात्रुले मन पराएपछि सरकारले पनि यसलाई रोक लगाउन सकेन। टुटल सञ्चालनमा आएको केही समयपछि बंगलादेशको प्रविधिमा आधारित पठाओ खुल्यो। 

प्रकाशित मिति: : 2024-02-12 08:22:00

प्रतिकृया दिनुहोस्