नवीन रायमाझी
                                ‘इन्ड अफ वाच (२०१२)’ र ‘द ट्याक्स कलेक्टर (२०२०)’ जस्ता ‘एक्सन थ्रिलर' सिनेमाका निर्देशक डेभिड एअर आफ्नो नयाँ सिनेमा ‘द बिकीपर’ लिएर आएका छन्, जो गत महिना रिलिज भएको हो।
अमेरिकालगायत संसारका प्राय सबै देशमा हुने ‘फिशिङ्ग’ अर्थात् इन्टरनेटबाट हुने ठगीको कथामा आधारित यो सिनेमा वीभत्स एक्सन दृश्यले भरिएको छ।
तपाईंको फोनमा प्रलोभनसहितको एउटा एसएमएस अर्थात् टेक्स्ट आउने र कुनै व्यक्ति लोभिएर त्यो लिङ्क थिच्ने बितिकै तपाईंको बैंक खातामा रहेको सबै पैसा गायब हुने र त्यो पैसा कता पुग्छ भन्ने विषय आजको दिनसम्म पनि सुरक्षा एजेन्सीहरुको टाउको दुखाइको विषय रहेको छ। यो मुख्य विषयलाई आधार मानेर निर्देशक एअरले कुर्ट विमरको कथालाई बडाे रोचक सिनेमाको निर्माण गरेका छन्।
सिनेमाको कथाअनुसार अमेरिकाको कुनै दुर्गम गाउँमा मौरी पालन गर्ने एक किसान एडम क्ले (जेसन स्टेथम) आफ्नो पेशा गरेर बसेका छन्। उनको छिमेकी महिला इलोसी पार्कर (फिलिसिया रसद) सँग उनको सुमधुर सम्बन्ध छ।
एक दिन एडम क्ले आफूले उत्पादन गरेको मह उपहार दिन आउँदा पार्करको मृत्यु भएको हुन्छ। प्रहरीले शङ्काको आधारमा उनलाई पक्राउ गर्छ र यो घटनाको अनुसन्धान मृतक महिलाकी छोरी भेरोना पार्कर (एमी लेबर लेम्पम्यान) गर्दैछिन्, जुन घटनामा उनको निजी भावना पनि जोडिएको हुन्छ।
वास्तवमा क्ले ती ठगहरु पत्ता लगाउन सक्रिय गोप्य संघठनको एक सदस्य हुन्, जुन रहस्य सीआइएका पूर्व निर्देशक (जेरेमी आइरन्स)लाई मात्र थाहा छ। कसैले विश्वास नगरेको क्लेको रहस्य कसरी खुल्छ र बिकीपर केवल मौरी पालक मात्र नभएर संगठित अपराधीहरुलाई तह लगाउन स्थापना गरिएको एउटा गोप्य संघठन हो भन्ने थाहा पाउनको लागि सिनेमा नै हेर्दा रमाइलो हुन्छ।
अभिनयको कुरा गर्दा बिकीपरको भूमिकामा स्टेथमले उत्कृष्ट अभिनय गरेका छन्, उनको बलिष्ट शरीरको कारण पनि एक्सन दृश्य वास्तविक जस्तो लाग्छ। दुष्ट श्रीमती र दुर्व्यसनी छोरोको अगाडि लाचार श्रीमानको भूमिकामा आइरन्सको अभिनय स्वाभाविक छ। अन्य कलाकारले पनि सामान्य भन्दा माथिकै अभिनय गरेका छन्, जसको श्रय निर्देशक एअरलाई जान्छ।
जारेड माइकल फ्रे र डेभिड सर्डेको सङ्गीत, ग्राबिल ब्रिस्टिनको छायाँकन र जियोब्री ओ ब्रिनको सम्पादन पनि आफ्नो आफ्नो स्थानमा उत्कृष छ। सिनेमाको प्राविधिक पक्षमा कुरा गर्दा सबैभन्दा उत्कृष्ट काम निर्देशक एअरपछि द्वन्द्व निर्देशक डिओने रेटनको छ। उनले डिजाइन गरेको वीभत्स स्टन्ट दृश्य र उनलाई साथ दिने सबै स्टन्ट म्यानहरु बधाईका पात्र छन्।
तपाईं एक्सन सिनेमाको दर्शक हुनुहुन्छ र अंग्रेजी भाषामा दखल छ भने करिब एक घन्टा ४५ मिनेटको यो सिनेमा एक पटक अवश्य हेर्नुहोला तर एक्सन सिनेमाप्रति खासै रुचि नभएकाहरुको लागि यो सिनेमा ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जस्तो हुनसक्छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया