सीमित नेताको मुठ्ठीमा देश कैद भयो: राजेन्द्र लिङ्देन (भिडियाे)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले परिवर्तनको नाममा अहिले लुटतन्त्र बढेको र सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका हुन्।

‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन। अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो। सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने।

यही अवस्थामा देश रहन नसक्ने भन्दै उनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताए। अहिलेको समस्या देशले अवलम्बन गरेको प्रणाली दोषी रहेकाले अब कसैलाई निषेध गरेर जान नहुने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2024-02-07 14:04:00

प्रतिकृया दिनुहोस्