जनमत पार्टीका सांसद अब्दुल खानले सडककाे स्तरोन्नति समयमा नभए संसदमा अनसन बस्ने चेतावनी दिएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बाेल्दै सांसद खानले सडककाे स्तरोन्नतिकाे काम समयमा नभए संसदमा बस्न तयार रहेको बताएका हुन्।
‘बर्दियाको जब्दीघाट पुल बनाउन मागगर्दै पूर्वमन्त्री (सञ्जय गौतम)ले पटक-पटक आवाज उठाउँदा त्यो कुराको सुनुवाइ भएको छैन। पूर्वगृहमन्त्री समेत रहनुभएका रवि लामिछानेले नारायणगढ–बुटवल सडकमा पद यात्रा गरेर सडककाे स्तरोन्नति हाेस् भनी दबाब सिर्जना गर्दा पनि द्रुत गतिमा भएकाे छैन। यस्ता काम जनहितकारी काम समयमा नहुन दुखद हाे। यस्ता कामहरू अब उप्रान्त भएन भने याे सदनमा म पनि अनसन बस्न म तयार रहेको जानकारी गराउछु’, उनले भने।