मिटरब्याजी परदेशीले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

File Photo
File Photo

मिटरब्याजीको आरोप लागेका श्याम परदेशी भनिने श्यामप्रसाद साहले सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार साहलाई सफाइ दिएकाे हाे।

अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर गरेकाे छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ साउन २० गते परदेशीविरुद्ध   गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेकाे थियो। विशेष अदालतले उक्त मुद्दामा मंगलबार सफाइ दिएकाे हाे। 

प्रकाशित मिति: : 2024-02-06 18:02:00

प्रतिकृया दिनुहोस्