संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

File Photo
File Photo

संघीय संसदको महासचिव पदमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई मंगलबार संसदको महासचिवमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

सभामुख र राष्ट्रियसभा अध्यक्षको संयुक्त सिफारिसमा पाल्पाकाे रिव्दिकोट गाउँपालिका-१ का पाण्डेयलाई माघ २३ गतेदेखि लागू हुनेगरी संसदको महासचिव पदमा नियुक्त गरिएकाे प्रवक्ता भट्टराईले बताए।

सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्थाअनुसार पाण्डेयलाई नियुक्त गरिएकाे हाे।

प्रकाशित मिति: : 2024-02-06 17:26:00

प्रतिकृया दिनुहोस्