एमाले संसदीय दलको बैठक जारी

नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ।

शनिबारबाट सुरु भएको संसदीय दलको बैठकमा अहिले सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन्।

नयाँबानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी बैठकमा सोमबारबाट सुरु हुने संसदको अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका हुन्।

बैठक सोमबार नै सकिने एमालेले जनाएको छ। 
 

प्रकाशित मिति: : 2024-02-04 14:27:00

प्रतिकृया दिनुहोस्