भेट्न आएका श्रीमती र छोरालाई होटलमा लगेर प्रहरी जवानले गरे हत्या

Getty image
Getty image

दाङमा भेट्न आएका श्रीमती र छोरालाई प्रहरी जवानले होटलमा लगेर हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र डेढ वर्षका छोरा सुशान्तको हत्या गरेका हुन्। 

शनिबार श्रीमती भेट्न आएको भन्दै उनी कार्यालयबाट निस्किएका थिए। कार्यालयबाट निस्किएर घोराही–१५ स्थित होटेल ग्रिनपिसमा बास बसेका उनले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका हुन्।  

श्रीमती र छोराको हत्यापछि आफै प्रहरी कार्यालय पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए। प्रहरी जवान नेपालीले घरायसी विवाद हुँदा सलले श्रीमती र छोराको घाँटी थिचेर हत्या गरेको स्विकारेका छन्। 

नेपालीको घर रोल्पाको रुन्टीगढी गाउँपालिका–९ मा हो भने माइती रुकुम चौरजहारी हो। नेपाली दुई महिनाअघिमात्र नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रबाट सरुवा भएर दाङ आएका थिए। 

प्रकाशित मिति: : 2024-02-04 11:46:00

प्रतिकृया दिनुहोस्