३१.७६ अंकले घट्याे नेप्से

नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ। बिहीबार ३१.७६ अंकले घटेको सेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ।

यसदिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ।

यसदिन १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। 

प्रकाशित मिति: : 2024-02-01 15:18:00

प्रतिकृया दिनुहोस्