‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रले खटायाे नेता, काे कहाँ?

File Photo
File Photo

नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि शीर्ष नेताहरुलाई खटाएको छ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सुरू भएकाे अभियानअन्तर्गत कांग्रेसले फरक जिल्लामा खटिने फरक टोली तोकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

मुख्यसचिव पौडेलका अनुसार अभियानलाई थप प्रभावकारी बनाउन कांग्रेसले फरक–फरक जिल्लामा फरक–फरक समुदायको बिचमा पुग्न र संवाद गर्न नेताहरूलाई खटाइएको हाे।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक हुनेछन्।

तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने कांग्रेसले उल्लेख गरेकाे छ।

टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछन्।

काे नेता कुन प्रदेशमा:

कोशी प्रदेश

१) डा. शेखर कोइराला – झापा र सुनसरी

२) डा. नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा।

३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर।

मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला

१) प्रकाशमान सिंह– मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा वागमतीको
सिन्धुली र मकवानपुर।

२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही। वागमतीको धादिङ र चितवन।

बागमती प्रदेश

१) डा. मिनेन्द्र रिजाल– काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा।

२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा।

गण्डकी प्रदेश

१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर।

२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ।

लुम्बिनी प्रदेश

१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा।

२) डा. डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी।

कर्णाली प्रदेश

१) डा. शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत।

सुदुरपश्चिम प्रदेश

१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर।

कांग्रेसका अनुसार केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन।

प्रकाशित मिति: : 2024-01-28 12:54:00

प्रतिकृया दिनुहोस्