राष्ट्रियसभा सदस्यमा कोशीबाट कृष्णप्रसाद सिटौला निर्वाचित

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला विजयी भएका छन्।

बिहीबार सम्पन्न भएकाे निर्वाचनकाे मतपरिणामअनुसार राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै सिटौला विजयी भएका हुन्।

सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार बनेका सिटौलाले ५ हजार २९२ मतभार प्राप्त गरे भने एमाले-राप्रपा गठबन्धनका उम्मेदवार पौडेलले ४ हजार ५६२ मतभार प्राप्त गरे।

प्रकाशित मिति: : 2024-01-25 17:36:00

प्रतिकृया दिनुहोस्