राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशमा मतगणना सुरू

तस्बिर: लिलाधर वली
तस्बिर: लिलाधर वली

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज भएकाे मतदान सकिएलगतै लुम्बिनी प्रदेशमा मतगणना सुरू भएकाे छ।

मतगणना दाङको कर्मचारी मिलन केन्द्रमा केहीबेरअघि सुरू निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयका अनुसार मतदानमा कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको छ।

मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मतमध्ये दुई सय १६ मत खसेको छ भने दुई जना अनुपस्थित रहेका थिए।

दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेशसभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2024-01-25 16:05:00

प्रतिकृया दिनुहोस्