गोंगबु क्षेत्रमा सुरेशको हप्ता असुली, व्यवसायीहरु त्रसित 

‘टोले गुण्डा’का रुपमा चिनिएका सुरेश डंगोलले फेरि हप्ता असुली तथा गुण्डागर्दी थालेका छन्।

नुवाकोट घर भई हाल काठमाडौँको मनमैजुमा बस्दै आएका डंगोल यसअघि चोरी तथा डकैती आरोपमा पटक पटक पक्राउ पर्दै छुट्ने गरेका छन्।

उनले सामाखुसी, गोंगबु, मनमैजु, बानियाटारलगायतको क्षेत्रमा सञ्चालित रेष्टुरेण्ट तथा डान्स बारहरुमा फेरि हप्ता असुली थालेको व्यवसायीहरुले गुनासो गरेका छन्।

केही दिनअघि मात्र काठमाडौँको धापासी हाइटमा रहेको मेज नामक रेष्टुरेण्टमा हप्ता असुली गर्न समूहसहित प्रवेश गरेका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि डंगोल फरार भएका थिए।

डंगोलका कारण रेष्टुरेण्ट नै बन्द गर्नुपर्ने अवस्था आएको मनमैजुका एक रेष्टुरेण्ट व्यवसायीले बताए। नाम उल्लेख नगर्ने सर्तमा ती व्यवसायीले भने, ‘डंगोलले हप्ता नदिए रेष्टुरेण्ट नै बन्द गर्नु भन्दै धम्काउने गरेका छन्।’

डंगोलका बारेमा प्रहरीमा पटक पटक उजुरी गर्दासमेत प्रहरीले वास्ता नगरेको व्यवसायीकाे गुनासो छ।

प्रकाशित मिति: : 2024-01-23 17:18:00

प्रतिकृया दिनुहोस्