सरकारमा जान्नौँ, सरकारमा गए सबैलाई सिध्याइदिन्छन् भनेर कोही डराएका होलान्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल र अरु दलहरूबाट पनि ‘अफर नआएको’ बताएका छन्।

सोमबार पार्टी कार्यालयमा पत्रकारहरूलाई जवाफ दिँदै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ कि भनेर अरु कोही आत्तिन थालेको हुनसक्ने बताए। 

‘हामी सरकारमा जानेबारेमा केही र कुनै छलफल भएको छैन। उनीहरू आएपछि त के के गर्छन् भनेर तर्सिएका होलान्। हुन त म पत्रकारिता छोडिसकेको मान्छे हुँ तर मैले धेरै कुरा पत्ता लगाउनसक्छु’ उनले भने ‘हामी सरकारमा गएपछि त अरु पनि धेरै कुराहरू पत्ता लगाउँछन् भनेर तर्सिएका पनि होलान्। तर अहिलेका लागि हामी सरकारमा जान्नौँ।’

सहकारीको रकम हिनामिना गरेको आरोपसहितका समाचारहरू सार्वजनिक हुन थालेपछि उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए।

प्रकाशित मिति: : 2024-01-22 17:58:00

प्रतिकृया दिनुहोस्