सप्तरीमा प्रहरीद्वारा शिक्षामन्त्रीसहित सांसदहरूमाथि लाठीचार्ज (भिडियाे)

सप्तरीकाे राजविराजमा जनमत पार्टी र प्रहरीबीच झडप भएको छ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा पुग्दा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको हो।

उक्त कार्यक्रममा यादवलाई प्रमुख अतिथि बनाइएको भन्दै जनमतका नेता कार्यकर्ताले विरोध गर्ने क्रममा प्रहरीसँग झडप भएकाे हाे। साे क्रममा प्रहरीले लाठीचार्ज गर्दा प्रदेश सरकारका शिक्षामन्त्री महेशप्रसाद यादवसहित सांसदहरू घाइते भएका छन्।

लाठीचार्जबाट शिक्षामन्त्री यादवसहित सांसदहरू भाग्यसिंह चौधरी, रञ्जु खँङ, सतिशकुमार सिंह सामान्य घाइते भएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-01-22 15:40:00

प्रतिकृया दिनुहोस्