दर्जनौंको सपना पूरा गर्दैछिन् जुमकी ‘सपना’

सुनिता लामा

काठमाडौं
Breaknlinks
Breaknlinks

हातमा सिप थियाे। सिप भएपछि सपना थिङलाई लाग्यो– ‘अब जागिर गर्छु।’ साेचेकाे जस्तै एक दिन जागिरका लागि आवेदन खुल्याे। 

‘जुम ब्यूटी एकेडेमी’ले खुलाएकाे आवेदन उनले भरिन्। २०७५ सालमा आवेदन भरेर जब परीक्षामा सामेल भइन् अनि उनलाई लाग्यो, ‘मेराे सिप अपुराे रहेछ।’ 

किनकी उनी दर्जनाैंसँग प्रतिस्पर्धा गर्दा प्रयाेगात्मक परीक्षामा अनुत्तीर्ण भइन्। त्यसपछि सपनालाई लाग्यो– मैले सिक्नु पर्ने धेरै रहेछ। अहिले त मसँग केवल आधारभूत सिप मात्र रहेछ। 

जुममा जागिर खाएर आफूलाई एक सफल ब्यूटीसियन बनाउने उनकाे सपना आधारभूत सिपले पूरा हुने नदेखेपछि उनले जागिर गर्न छाडेर जुम ब्यूटी एकेडेमीमा नै तालिम लिन थालिन्। उनले एउटा प्रतिज्ञा लिइन्–अब धेरै सिप सिकेर पोख्त भएपछि मात्र जुममा जागिर खान्छु। 

त्यसपछि नौ महिने ब्यूटीसीयन काेर्श लिन थालिन्। तर उनको लगनशिलता, मेहनत र एकाग्रताले नौ महिनाकाे काेर्श तीन महिनामा नै पूरा गरिन् र जुममा काम गर्न थालिन्। 

काम गर्दै जाँदा उनकाे सफलता म्यानेजरसम्म पुगिसकेकाे छ। सपना जुम ब्यूटी एकेडेमी स्वयम्भू शाखाको म्यानेजरको रुपमा अहिले काम गर्न सफल भएकी छिन्। 

सर्लाहीकी सपनाले सायदै यो सपना देखेकी थिइन् होला! तर आज ६ बर्ष अगाडिको जीवन र अहिलेको नेतृत्वदायी भूमिकासहितको जीवनमा आकाश जमिनको फरक भेट्टाउँछिन् उनी।

पहिले आफ्नो सपना पूरा गर्न जुममा आएकी सपना अहिले आफू जस्तै महिलाहरूलाई सिपयुक्त, सक्षम, स्वरोजगार बनाउने भूमिका खेल्न पाउँदा आफैंलाई भाग्यमानी सम्झिन्छिन्।

लजालु स्वभावकी सपना बोल्न त्यति रुचाउँदिन थिइन् तर जब जुम ब्यूटी एकेडेमी स्वयम्भू शाखामा म्यानेजरको पदभार सम्हालिन्, त्यसपछि उनी खुलेर बोल्न थालिन्।

अहिले उनी मात्र सफल भएकी छैनन्। ब्यूटीसीयन बन्ने सपना बाेकेका दर्जनाैँ ब्यक्तिहरुकाे सपना पूरा गर्ने एउटा माध्यम बनिरहेकी छिन्। 

प्रस्तुत छ, उनै सपनासँग बिएल नेपाली सेवाका लागि सुनिता लामाले गरेकाे कुराकानीः–

भिडियाे:

प्रकाशित मिति: : 2024-01-16 10:00:00

प्रतिकृया दिनुहोस्