ललितपुरमा इनारमा खसेकी महिलाको उद्धार 

शनि शाक्य

ललितपुर

ललितपुरको इमाडोलममा इनारमा खसेकी महिलाको उद्धार गरिएको छ। सोमबार पौने १० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै डेरा गरेर बसेकी दोलखाकी न्यूतन प्रधान इनारमा खसेकी थिइन्। 

प्रधानको उद्धार गरेर अस्पताल लगिएको छ। उनी हाल होसमै छिन्। तर एउटा खुट्टा भाँचिएको देखिएको प्रहरीले बताएको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको करिब दुई घण्टाको प्रयासपछि प्रधानको उद्धार भएको छ। 

उनी लुगा सुकाउन इनारमाथि स्ल्याबमा चढेकी थिइन्। स्ल्याब फुटेपछि इनमार खसेको उद्धारमा खटिएका प्रहरी अधिकारीले बताएका छन्। 

प्रकाशित मिति: : 2024-01-15 12:45:00

प्रतिकृया दिनुहोस्