लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार गर्ने एक जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टाेलीले घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेकाे हाे।
इन्स्ट्राग्राममार्फत एक अकाउन्ट बनाएर लागुऔषध प्रयोग गरी मुफिनलगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएकाे ब्यूरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।
घट्टेकुलस्थित उनकाे घर-कोठा तलासी गर्ने क्रममा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, डिजिटल तराजु १ थान, ईलेक्ट्रिक ओभन १ थान, ग्लोबल आईएमई बैंकको एटिएमलगायत बरामद गरिएकाे छ।
प्रहरीका अनुसार पक्राउ परेका विशनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरीमार्फत आफ्नो अवैध कारोवार सञ्चालन गरिरहेका थिए।
अनुसन्धानको क्रममा ब्यूरोले मानन्धरले अनलाइनमार्फत बिक्री वितरण गर्ने गरेको गाँजा मिसाई तयार गरिने केकहरुको मेनुसमेत फेला पारेको प्रहरीले जनाएकाे छ।