जापानमा शक्तिशाली भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको छ। जापानको नोटो प्रान्तको अनामिजु सहर नजिकै केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्यूडको भूकम्प गएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
सुरक्षा अधिकारीहरूले सामुद्रिक तटमा रहेका मानिसहरूलाई सुरक्षित स्थान जान भनेका छन्। अहिले पनि समुद्रका छालहरू ५ मिटरभन्दा माथि उठिसकेको छ।
भूकम्पपछिकाे क्षति विवरणहरू आउन बाँकी छ।
सन् २०११मा पनि त्यस्तै भूकम्पपछि आएको आँधीबाट हजारौं मानिसको ज्यान गएको थियो।