अनमीमाथि जातीय छुवाछुत प्रकरण: प्रहरीमा जाहेरी दर्ता, दुई जना पक्राउ

तस्बिर: अनमी तुलसा विश्वकर्मा
तस्बिर: अनमी तुलसा विश्वकर्मा

मुगुमा अनमी तुलसाकुमारी विश्वकर्मा (२३)माथि जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। 

जिल्ला प्रहरी कार्यालय मुगुमा तुलसाले जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध जाहेरी दर्ता गरेकी हुन्। 

उनले सोरु गाउँपालिका– ९ खनयााँस्थित घरभेटी (काेठा भाडाकी मालिक) ५४ वर्षीया झापु शाही र सोही गाउँपालिका– ६ स्थित सोरुकोटमा किराना पसल गर्ने ५१ वर्षीय धनप्रसाद भट्टविरुद्ध जाहेरी दिइएकी छिन्। 

प्रहरीले जातीय छुवाछुत तथा भेदभाव गरेको आरोपमा उनीहरु दुबै जनलाई शनिबार पक्राउ पनि गरिसकेको छ। 

मुगु प्रहरीले दुबै जनालाई पक्राउ गरेको र आइतबार (आज) जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने जनाएको छ। 

साथै जातीय छुवाछुत तथा भेदभाव गर्ने अन्यको पनि खोजी भइरहेको प्रहरी स्रोतको भनाइ छ।  

वर्ष दिनअघि सोरु गाउँपालिका–९ खनयाँस्थित स्वास्थ्य चौकीमा अनमीमा नियुक्त भएकी तलसामाथि त्यहाँ गएदेखि नै जातीय विभेद हुँदै आएको थियो।

उनले हप्ता दिनअघि यो घटना बाहिरिएपछि पहिलेदेखि नै जातीय विभेद भएकाे र सहँदै आएको बताएकी थिइन्।

अनमी तुलसाको घर दाङको तुलसीपुर उपमहानगरपालिका– ११ मा पर्छ।

प्रकाशित मिति: : 2023-12-24 10:20:00

प्रतिकृया दिनुहोस्