जुम्लाको ओम मनिस पोलिक्लिनिकले एक्सेरे सेवा सुचारु गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिन आउने हुम्ला, डोल्पा कालिकोट, मुगुका बिरामीले आपतकालीन अवस्थामा ऐक्सरे सेवा लिएको संचालक मक्कर हमालले बताए।
चन्दननाथ नगरपालिका -४ नम्बर वडामा अवस्थित ओम मनिष पोलिकिल्निक एण्ड रेफर सेन्टरले विगत लामो समय देखि ल्याबको सुविधा पनि उपलब्ध गराउँदै आएको थियोे।
केही दिनदेखि शिक्षण अस्पतालको एक्सरे मेसिनमा खराबी आउँदा बिरामीले वैकल्पिक रुपमा सेवा पाइरहेका छन्।