निगमको आम्दानी दोब्बरले वृद्धि

Photo: Nepal Airlines Corporation
Photo: Nepal Airlines Corporation

नेपाल वायुसेवा निगमको आम्दानी दोब्बरले वृद्धि भएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गएको तीन वर्षमा आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको निगमले जनाएको छ।

निगमकाअनुसार आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको रहेकाे छ।  निगम याे आम्दानी गत ३ वर्षकाे आम्दानीमा १४४ प्रतिशतले बढी भएकाे निगमकाे भनाइ छ।

निगमकाे गएकाे आर्थिक वर्ष २०७७/७८ मा आम्दानी रु. ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो आव २०७८/७९ मा रु. १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको थियाे।

निगमकाे आम्दानी बढेकाे भए पनि निगम अझै ४८ अर्ब ऋणमा छ। निगमसँग ८ बर्षदेखि अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडानमा रहेका छन्।

वर्तमान नेतृत्वले उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धी हासिल गर्न सफल भएको विज्ञप्तिमा छ।

थप समाचार

जहाजसँगै थला परिरहेको निगममाथि हाबी हुँदै ‘राजनीति’

प्राधिकरणले ‘आम्दानी’ खोस्न थालेपछि छटपटाउँदै वायु सेवा निगम

वायुसेवा निगमलाई बिझाइरहेको एउटा काँडा 

को हुन् निगमलाई जहाज किन्न नदिने ‘हवाई माफिया’हरू?

 

प्रकाशित मिति: : 2023-12-19 18:09:00

प्रतिकृया दिनुहोस्