रुसी सेनामा भर्ना भएकालाई सकुशल फिर्ता ल्याउन सरकारले प्रयास गरिरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको विषय चिन्ताजनक भएका छन्।

काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ना भएकाहरूलाई सकुशल फिर्ता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताए।

‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ’, उनले भने।

नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण भएकाले नेपाली युवाले विदेशमा अनेक हन्डर खाइरहेकाे उनले बताए।

नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर भएकाे बताउँदै उनले तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने दाबी गरे। 

प्रकाशित मिति: : 2023-12-13 14:59:00

प्रतिकृया दिनुहोस्