संघीय संसदकाे महासचिवमा पाण्डेलाई राष्ट्रपतिले नियुक्ति नदिएपछि सभामुखले तोकिदिए कार्यवाहक

File Photo
File Photo

संघीय संसदको महासचिवका लागि राष्ट्रपति कार्यालयमा सिफारिस भएका पद्मप्रसाद पाण्डे कार्यवाहक महासचिवमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई महासचिवमा नियुक्त नगरेपछि सभामुख देवराज घिमिरले उनलाई कार्यवाहक महासचिवमा नियुक्ति गरेका हुन्।

संघीय संसदका महासचिव भरतराज गौतमलालाई राजीनामा गराएर उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम नियुक्तिका लागि सिफारिस गरेका थिए।

सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ। तर राष्ट्रपति पौडेलले गौतमको राजीनामा र पाण्डेको नियुक्तिको विषय अध्ययन गर्नुपर्ने भन्दै राजीनामा स्वीकृत गरेका छैनन् भने नियुक्तिको सिफारिस पनि रोकिदिएका छन्।

राष्ट्रपतिले नियुक्तिको सिफारिस रोकिदिएपछि सभामुखले कार्यवाहक तोक्ने अधिकारको प्रयोग गर्दै पाण्डेलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

प्रकाशित मिति: : 2023-12-13 11:09:00

प्रतिकृया दिनुहोस्