अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी फेरबदल गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन्।
सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ। महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ।
सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन्।
पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। अब सहसचिव महेश बरालले कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिमा काम गर्नेछन्।