नेपाल–भारत सीमा क्षेत्र दशगजामा एक नेपाली युवकमाथि गाेली प्रहार भएकाे छ।
विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ गाेली प्रहार भएको हाे।
विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमि जोगबनीमा अज्ञात समूहले संग्रौलामाथि गाेली प्रहार गरेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार बायाँ तिघ्रामा गोली लागेर घाइते भएका उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।
उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर घर फर्कने क्रममा आफूमाथि गाेली प्रहार भएको उनले बताएका छन्।