
प्रतिस्णा रेग्मी
यूएई (दुबै)मा हुने यू–१९ एसिया कपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम गरी बिदाइ गरेको हो।
देव खनालको कप्तानीमा नेपाली टोली युएई गएको छ। यही ८ डिसेम्बरदेखि यूएईमा हुने क्रिकेट प्रतियोगितामा नेपालसहित समूह ‘ए’मा अफगानिस्तान, भारत र पाकिस्तान रहेका छन् भने समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र यूएई रहेका छन्।
बिदाइ कार्यक्रममा कप्तान खनालले टेस्ट राष्ट्रलाई हराएर सेमिफाइनलमा पुग्ने लक्ष्य नेपाली टोलीले राखेको बताए। उनले भने, ‘यसअघि पनि नेपालले भारतलाई यू–१९ टोलीमा हराएको थियो। फेरि पनि त्यही इतिहास दोहोर्याउँन चाहन्छौँ।’
यस्तो छ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक डुम्रे, हेमन्त धामी, गुल्सन झा, दिपेश कडेँल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया