पक्राउ पूर्जी जारी भएपछि के भन्छन् विप्लवका नेताहरू?

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)सहित चार जना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। राज्यविरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले एक सूचना जारी गर्दै पक्राउ पूर्जी जारी गरेको हो। 

अदालतबाट महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ। 

पक्राउ पूर्जी जारी हुनुलाई नेकपाका पोलिव्यूरो सदस्य चन्द प्रकाश खड्का (असल सी) सरकारकाे बदनीयपूर्ण काम बताउँछन्। उनले तीन बुँदे सहमति सरकारका कार्यन्वयन नगरेकाे बताउँछन्। 

यस्तै अर्का पाेलिटव्यूराे सदस्य बलबहादुर वली ‘सितल सी’ पक्राउ पूर्जी हुनुलाई राज्यको बदमासी भन्छन्। सरकारसँग तीन बुँदे सहमति भएको तर सरकारले जारी सहमति बेगर पक्राउ पूर्जी जारी भएको उनले बताए। 

उनले प्रचण्ड सरकार भएकै समयमा पक्राउ पूर्जी जारी हुनुलाई षड्यन्त्रका रुपमा लिन्छन्। ‘यो पक्राउ पूर्जी तीन बुँदे सहमतिविपरीत छ। यो सरकारको बदमासी हो। प्रचण्ड सरकार भएकै समयमा यस्तो हुनु षड्यन्त्र पनि हो,’ बिएल नेपाली सेवासँग कुरा गर्दै सितलले भने। 

२०७७ साल फागनु २१ गते केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव नेकपा खुला राजनीतिमा आएको थियो भने सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो। 

तीन बुँदे सहमतिअनुसार राज्यविरुद्धको सम्पूर्ण मुद्धा फिर्ता ल्याउने सहमति पनि भएको थियो। 


याे पनि

खुला राजनीतिमा आएपछि कमजोर बन्दै ‘विप्लव नेकपा’

विप्लवका नेतालाई प्रश्नः खुला राजनीतिमा आएपछि नेकपा किन कमजोर भयो ?

 

प्रकाशित मिति: : 2023-12-04 17:39:00

प्रतिकृया दिनुहोस्