समाजसेवा गर्दै ‘कलाकार’ बनेका सबिन 

तस्बिर–सबिन क्षेत्रीकाे फेसबुकबाट
तस्बिर–सबिन क्षेत्रीकाे फेसबुकबाट

अर्घाखाँचीक सबिन क्षेत्रीले काठमाडाैंलाई आफ्नो कर्मथलो बनाएका छन्।

यूटुबर हुँदै कलकारिता क्षेत्रमा पाइला टेकेका उनी अहिले टेलिभिजनका चर्चित अनुहार बनेका छन्।

आफ्नो अभिनयले दर्शकहरूलाई रुवाउने र हँसाउने उनको आफ्नै यूटुब च्यानल छ। जसबाट उनले समाजसेवा पनि गरिरहेका छन्। त्यही सिलसिलामा उनी कहिले पूर्व पुग्छन् त कहिले पश्चिम।

एक दशकदेखि उही काममा खटिरहेका छन् सबिन। नयाँ प्रतिभालाई पहिचान दिनका लागि हाेस् या सहयाेगापक्षी नै किन नहाेस् सहयाेगका लागि दिनरात नभनी दाैडिरहेका छन् उनी। भन्छन्, ‘म अरूको दुख देख्न सक्दिनँ, सक्दो सहयोग गर्न मन लागिहाल्छ।’

कुनैबेला भाइरल बनेका सचिन परियारलाई पनि उनै पहिचान दिलाएका हुन्। गुल्मीमा फेला पारेका सचिनलाई उनले मिडीयामा ल्याए अनि इन्द्रेणी जस्ताे चर्चित कार्यक्रमसम्म पुर्याए।

उनले सचिन परियारलाई मात्र हाेइन गुल्मीकी अनिता खड्काकाे परिवारलाई पनि उपचारका लागि आर्थिक सहयोग गरे। भने अपाङ्गता भएका र वृद्धहरूलाई समेत सहयोग गर्न पछि हटेनन्।

मानवसेवाका लागि सधैं भाैतारिरहे सबिन। समाजमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल भएका उनले नेपाली हास्य टेलिसिरियल ‘खल्लीबल्ली’ बाट कलकारिता क्षेत्रमा पाइला टेकेका थिए।

‘चिलीगान्टे’ नामबाट चर्चामा पाएका उनले ‘सती’ नामक सिरियलमा काम गर्दै ‘भाग्य’, ‘आफ्नोपन’, ‘सोह्र दुना आठ’लगायतमा आफ्नो अभिनयको ‘जादू’ चलाए। समाजसेवा र अभिनय हुँदै दर्शकहरूकाे मनमा बस्न सफल उनले ‘ओठ खोलेर’ र ‘ठग्यो जिन्दगीमा’, ‘ठमेल अशन’ जस्ता गीतहरूमा पनि अभिनय गरिसकेका छन्।

कलाकारिता क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाइसकेका सबिनले दर्जनाैं अवार्डहरूबाट सम्मानित भइसकेका छन्। त्यसैगरी तम्घासमा आयोजित रेसुंगा युथ फेस्टीबलमा मिडीया पार्टनर बनेका उनलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले समेत सम्मान गरेका थिए। 

प्रकाशित मिति: : 2023-12-04 20:00:00

प्रतिकृया दिनुहोस्