बिएल संवाददाता
फिलिपिन्सको दक्षिणी प्रान्त लानाओ डेल सुरमा रहेको मिन्डानाओ स्टेट विश्वविद्यालयको एउटा जिमभित्र आइतबार बिहान विस्फोट हुँदा कम्तीमा चारको मृत्यु र अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले बताएका छन्।
सेनाको प्रथम इन्फेन्ट्री डिभिजनका कमान्डर मेजर जनरल गेब्रियल विरेले मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको जानकारी दिएकाे छ। स्थानीय प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजे विद्यार्थी र शिक्षक जिमभित्र क्याथोलिक प्रार्थना सभाका लागि जम्मा हुँदा विस्फोट भएको थियो।
प्रहरीले विस्फोटमा प्रयोग गरिएको उपकरणको जाँच गरिरहेको जनाएको छ। मिन्डानाओ स्टेट विश्वविद्यालयले उक्त संवेदनहीन र भयावह कृत्यको निन्दा गर्दै घटनाबाट अत्यन्त दुःखी र स्तब्ध भएको जनाएको छ।
विश्वविद्यालयले अर्को सूचना नभएसम्म कक्षाहरू स्थगित गर्नेसमेत निर्णय गरेको छ। साथै मरावी सहरस्थित विश्वविद्यालय परिसरको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। यो सहर राजधानी र मिन्डानाओ द्वीपमा लानाओ डेल सुरको सबैभन्दा ठूलो सहर हो।
सन् २०१७ मा स्थानीय आतङ्कवादीहरूले इस्लामिक स्टेटलाई समर्थन गरेको दाबी गरेका थिए। इस्लामिक स्टेटमा अबु सय्यफ समूहको एउटा गुट, माउते समूह र अन्य समावेश छन्।
उनीहरूले उक्त सहरलाई पाँच महिनासम्म कब्जा गरेका थिए। कब्जा गर्ने क्रममा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको थियो भने हजारौँ बासिन्दा विस्थापित भएका थिए। साथै सहरका धेरै भाग ध्वस्त भएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया