प्रधानसेनापतिबाट अशोक सिग्देल रथीमा बढुवा सिफारिस

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले २०८० मंसिर १७ गते  नेपाली सेनाका वरिष्ठ उपरथी अशोक राज सिग्देललाई रिक्त रथी पदमा बढुवा सिफारिस गरेका छन्।

प्रधानसेनापति प्रभुराम शर्माले रथी तीन तारे जर्नेल मा बढुका लागि सिफारिस गरेपछि अशोक राज सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने निश्चित जस्तै भएको छ।

नेपाली सेनाको स्रोतका अनुसार, उपरथी अशोकराज सिग्देलको बारेमा कुनै कैफियत नरहेको र विरोधमा उजुरबाजुर पनि नपरेकाले २०८० मंसिर १७ गते रिक्त रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकार समक्ष बढुवा सिफारिस गरेको हो।

अशोक राज सिग्देल २०८१ साउन २४ गते कायममुकायम प्रधानसेनापति बन्दै २०८० भदौ २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाको ४५औं प्रधानसेनापतिको कार्यभार सम्हाल्ने निश्चित जस्तै भएको छ।

प्रकाशित मिति: : 2023-12-03 20:28:00

प्रतिकृया दिनुहोस्