बिएल संवाददाता
कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ।
'आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ', विभागले एक विज्ञप्तिमा भनेको छ, 'कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको हो।'
पूर्वराजधानीको बीचमा रहेको आदी सारिपोभ स्ट्रिटमा स्थानीय समयअनुसार साढे पाँच बजे आगो लागेको सूचना प्राप्त भएको थियो। अग्निशमनकर्मीहरू तीन तले आवासीय भवनमा लागेको आगो निभाउन सात मिनेटपछि पुगेका थिए।
आगलागी हुँदा उक्त छात्रावासमा ७२ जना रहेको र ५९ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको विभागले बताएको छ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया